सामाजिक सुरक्षा योजनामा सहभागी नहुनेप्रति सरकार कठोर बन्ने संकेत

सामाजिक सुरक्षा योजनामा सहभागी नहुनेप्रति सरकार कठोर बन्ने संकेत

११ मंसिर, काठमाडौँ ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने रोजगारदाताप्रति कठोर बन्ने संकेत गरेको छ । सामाजिक सुरक्षा दिवस २०७६ का अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले समाजिक सुरक्षामा योगदान गर्न सक्दिन भन्दै कानूनको पालनाबाट भाग्ने छुट रोजगारदातालाई नभएको बताएका छन् ।

उनले सामाजिक सुरक्षा योजना कार्यान्वयनको विकल्प नभएको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा सरकार दृढताका साथ अघि बढ्ने समेत बताए । उनले कुनै बाहना नबनाउन उद्योगी व्यवसायीहरुलाई अग्र्रह समेत गरे ।

उनले सरकार श्रमिकको उत्पादकत्व बढाउन र उद्योग प्रतिष्ठानको समस्या समाधान गर्न तयार रहेको समेत बताए । हरेक व्यक्ति सामाजिक सुरक्षामा आबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै त्यसमा सघाउन उनको आग्रह थियो । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजनामा औपचारिक र अनौपचारिक क्षेत्र सँगै स्वरोजगारमा संलग्न व्यक्तिलाई पनि समेटनुपर्ने बताए । उनले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा योजना ल्याइएको भन्दै सबै रोजगारदातालाई सहभागि हुन आग्रह गरे ।

नागरिकको मर्यादित जीवन र सुरक्षित भविश्यका लागि पनि योगदानमा आधारीत सामाजिक सुरक्षा योजना महत्वपूर्ण रहेको मन्त्री यादवको भनाई थियो । कोषमा हालसम्म करिब ११ हजार औद्योगी तथा व्यवसायीक प्रतिष्ठानहरु र एक लाख १५ हजार श्रमिक सूचिकृत भइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.