११ मंसिर, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । अर्घाखाँचिका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दुर्घटनामा १७ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयबाट उद्धार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीका अनुसार घाइते ११ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिलेसम्म दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ