१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४(४ किलो सुनसहित पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।
उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए ।उपाध्यायका अनुसार तस्करीको सुन बोक्ने मालिक वा भरिया को हुन् भन्ने खुल्न सकेको छैन ।