धनकुटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

१३ मंसिर, धनकुटा । धनकुटा नगरपालिका १ हिलेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टरका चालक धनकुटा सिंजाली गाउँ बस्ने ४० बर्षीय राजकुमार मगर र सहचालक सोही स्थान बस्ने २७ बर्षीय दलबहादुर सिंजाली मगरको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे १ बजे सिधुवाबाट हिलेतर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टि दुर्घटना हुँदा चालक राजकुमारको सोही ट्याक्टरले किचि घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै घाईते भएका सहचालक दलबहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.