१४ मंसिर, पोखरा ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ का तीन मतदानस्थल नजिक बिस्फोट भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको पोखरा–३३ बाघमारास्थित सरस्वती टीका मावि मतदानस्थल, पोखरा–९ नयाँबजारस्थित नवप्रभात मावि र पोखरा–१६ स्थित शान्ति मावि मतदानस्थल नजिकै विस्फोट भएको हो ।
मतदानस्थल नजिकै विस्फोट भए पनि त्यहाँ मतदान प्रक्रिया जारी छ । विस्फोटबाट नवप्रभातको स्कुलको भित्तामा क्षति पुगेको छ । शान्ति माविको पर्खालबाहिर दुई पटकसम्म विस्फोटको आवाज सुनिएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विस्फोट भए पनि मतदान प्रक्रियामा कुनै अवरोध नभएको बताए ।