मंसिर १५ पछि चिसो बढ्ने

मंसिर १५ पछि चिसो बढ्ने

१४ मंसिर, काठमाण्डौ ।

जाडो महिना लागेसंगै देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाएका छन् ।

बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा तराईमा शीतलहर पनि सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न आग्रह गरिएको छ । सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ ।

यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ । शनिबार, आइतबार र सोमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.