१४ मंसिर, काठमाडौँ ।
चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को कीर्तिपुरमा निर्माण गरिएको सेटमा गरिने छायाङ्कनको समापन भएसँगै चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्रको अन्य ठाउँमा भने छायांकन हुन बाँकी नै छ ।
लुक्स सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको काठमाडौँ छायाङ्कन सकिएको र अबको बाँकी छायाङ्कनको लागी टिम मनाङ तर्फ लाग्ने जानकारी गराएको छ ।सार्वजनिक पोस्टरमा उनलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । जसमा उनी लामो कपाल पालेका एक शक्तिशाली राजाको अवतारमा देखिन्छन् । शिव श्रेष्ठको लुक्स सार्वजनिक भएसँगै चलचित्र प्रतिको कौतुहलता बढेको छ ।
डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा शिवले प्रदीप खड्का र नव–अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । चलचित्रमा नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।









