सागका लागि बंगलादेशको क्रिकेट टिम घोषणा,६ सिनियर खेलाडी

सागका लागि बंगलादेशको क्रिकेट टिम घोषणा,६ सिनियर खेलाडी

१४ मंसिर, काठमाडौं ।
बंगलादेश क्रिकेट बोर्डले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा आफ्नो अन्तिम टोली घोषणा गरेको छ । शुक्रबार घोषणा गरेको १५ सदस्यीय टोलीमा केहि दिन अघि घरेलु मैदानमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको यू२३ टोलीलाई निरन्तरता दिएको छ ।

इमर्जिङ कपमा रहेका आबु हैदर र अमीनुल इस्लाम बाहेक अन्य सबै खेलाडी साग टोलीमा छन् । इमर्जिङ कपमा उप विजेता बनेको बंगलादेशले कप्तानमा नज्मुल हसन सान्तोलाई नै निरन्तरता दिएको छ ।

सौम्य सरकार, मोहम्मद नइम, अफिफ हुसैन, मेहदी हसन लगात धेरै खेलाडीले बंगलादेशको सियिनर टोलीबाट खेलेका छन् । बंगलादेशको साग टोलीमा ६ सिनियर टोलीबाट खेलका खेलाडी छन् । मोहम्मद नइम, अफिफ हुसैन, जाहिर हसन, नज्मुल हसन सान्तो, सौम्य सरकार र मेहदी हसन बंगलादेशको सियिनर टोलीबाट खेलेका खेलाडी हुन् ।

बंगलादेशका कप्तान सान्तोले इमर्जिङ टिम्स एसिया कपमा ५ खेलमा २ सय ८० रन बनाएका थिए । इमर्जिङ कपमा सर्वोउत्कृष्ट खेलाडी घोषित भएका सौम्य सरकार उसका प्रमुख खेलाडी हुन् । सरकारले इमर्जिङ कपमा २ सय ४४ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । सरकार सिमित ओभरको खेलमा बंगलादेशको प्रमुख खेलाडी हुन् । इमर्जिङकपमा सुमन खानले १४ विकेट लिएका थिए ।

बंगलादेश फाइनलमा पाकिस्तानसँग ७७ रनले पराजित भएको थियो । बंगलादेशले समुह चरणमा नेपाललाई ८ विकेटले हराएको थियो । साग पुरुषका सबै खेल टियु क्रिकेट मैदानमा हुने छ । ५ टोली सहभागि सागमा लिगपछि शीर्ष दुई टोली स्वर्णका लागि भिड्ने छन् । तेस्रो र चौथो स्थानको टोली कास्यका लागि प्रतिस्पर्धा गर्ने छन् ।

बंगलादेशको टोली :

मोहम्मद सैफ हसन, मोहम्मद नइम शेख, अफिफ हुसैन, जाहिर हसन, नज्मुल हसन सान्तो (कप्तान), याशिर अलि चौधरी, सैद मिनहाजुल आबीदीन अफ्रिदी, सुमन खान, महिदुल इस्लाम, तनबीर इस्लाम, मनिक खान, मेहदी हसन राना, सौम्य सरकार, मेहदी हसन र हसन मुहम्मद ।

यस्तो छ बंगलादेशको खेल तालिका :

मंसिर १८: माल्दिभ्सविरुद्ध बंगलादेश

मंसिर २०: भुटानविरुद्ध बंगलादेश

मंसिर २१: नेपालविरुद्ध बंगलादेश

मंसिर २२ : श्रीलंकाविरुद्ध बंगलादेश

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.