पोखरामा फेरि बम विस्फोट

पोखरामा फेरि बम विस्फोट

१४ मंसिर, पोखरा ।

कास्की क्षेत्र नं. २ को अर्को मदतानस्थलमा पनि बम विस्फोट भएको छ । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

पोखरा महानगरपालिका–१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो ।  यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा–१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।

उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञात समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।
बम विस्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.