१४ मंसिर, विराटनगर ।
बाल सुधार गृह बिराटनगरबाट गत मंसिर ९ गते रातको समयमा भागेर फरार रहेका दुई प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी १७ वर्षीय सम्सेर (सांकेतिक नाम) र जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय ०४–५(डी) (सांकेतिक नाम) लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।
जवरजस्ती करणीको मुद्दाका ०४–५(डी)लाई शुक्रबार गोठगाँउबाट तथा ज्यानमार्ने मुद्दाका सम्सेरलाई शनिबार बिहान झापाको बिर्तामोड–१ बाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । सम्सेर जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत मोरङको मिति २०७६।३।५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने ०४–५(डी) सम्मानित जिल्ला अदालत झापाको आदेशले मिति २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।
बाल सुधार गृहमा रहेका उल्लेखित प्रतिवादीहरू फरार भएको विषयमा यस कार्यालयबाट प्रहरी नायब उपरीक्षक राजकुमार खिउजूको संयोजकत्वमा छानविन समिति गठन भई अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ । निरन्तरको खोजतलासपछी पक्राउ परेका बालकहरूको सम्बन्धमा हाल थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए ।