धनपालथान-२ मा ८० प्रतिशत मतदान, मतगणना आजै सकिने

धनपालथान-२ मा ८० प्रतिशत मतदान, मतगणना आजै सकिने

१४ मंसिर, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षका लागि शनिबार भएको मतदान शान्तिपूर्वक सम्पन्न भएको छ ।

पाँचवटा मददान केन्द्रबाट भएको मतदानमा करीव ८१ प्रतिशत मत खसेको जनाईएको छ । ती केन्द्रमा जम्मा ४ हजार ७४ मतदाता कायम थिए । मतदान सकिंदा ८० दशमलव ८५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार मतपेटिका संकलन गरेर आजै रातीसम्ममा मतगणना सम्पन्न गर्ने तयारी गरिएका छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.