१४ मंसिर, रोल्पा ।
आज सम्पन्न उपनिर्वाचनमा थबाङ गाउँपालिका–१मा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।
थवाङमा १६.४ प्रतिशत मात्र खसेको थिो । १ हजार २७४ मतदाता रहेको १ नम्बर वडामा २ सय ९ मात्र मत खसेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ।