१५ मंसिर, बैतडी ।
उपनिर्वाचन अन्तर्गत बैतडीको स्थानीय तहका ३ वडामा भएको चुनावमा २ वडामा नेपाली कांगेस र १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ ।
शनिबार राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द र पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन् ।
दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्द्व नेकपाका नरेन्द्रप्रसाद भट्ट भन्दा १०० बढी मत प्राप्त गरे । सुर्नया गाउँपालिका १ मा कांग्रेसका उमेदवार गजेन्द्रबहादुर चन्द विजयी भए ।
मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी भएका छन् ।
दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।