१५ मंसिर, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका ५ को वडाध्यक्षमा नेकपाका उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् ।
बस्नेतले कांग्रेसकी सावित्री सुनुवारलाई पराजित गरेका हुन् । बस्नेत ७ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुनुवारले ३ सय ८० मत पाएकी थिइन् । उक्त वडामा १ हजार १ सय सय ७२ जनाले मतदान गरेका थिए ।
उक्त वडामा यसअघि नेकपाकै उम्मेदवार विजयी भएको थियो । तत्कालीन वडाअध्यक्ष कुविर बस्नेतले आत्महत्या गरेपछि उपनिर्वाचन भएको हो । नवनिर्वाचित वडाध्यक्ष बस्नेत यसअघि कार्यवाहक वडाध्यक्ष थिए । उनले सदस्य पदबाट राजीनामा गरी वडाध्यक्षको निर्वाचनमा भाग लिएका हुन् ।