प्यूठान नगरपालिका– २ मा नेकपाले झण्डा गाड्यो

प्यूठान नगरपालिका– २ मा नेकपाले झण्डा गाड्यो

१५ मंसिर, प्यूठान ।

प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार पोख्रेलले १ हजार १ सय २७ मत पाउंदा बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् ।

२५ मत बदर भएको छ । २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५ मत खसेको थियो । वडा अध्यक्ष खिमबहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.