१५ मंसिर, बाजुरा ।
बाजुराको त्रिवेणी नगरपालिका–१ छताराको वडा अध्यक्षमा नेकपाका मनराज बुढा विजयी भएका छन् ।
कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चँदारालाई २० मतले पराजित गर्दै वडाध्यक्षमा बुढा विजयी भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मनराज बुढाले ३ सय ६७ मत पाएका छन् ।
त्यस्तै चँदाराले ३ सय ४७ मत, राप्रपाका उम्मेदवारले २ मत पाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएपी उद्धवसिंह भाटले बताए । उनका अनुसार ११ मत बदर भएको छ ।
त्रिवेणी नगरपालिका १ मा रहेको छतारादेवी आधारभूत विद्यालयमा शनिबार भएको उपनिर्वाचनमा एक हजार ३९ जना मतदातामध्ये ७ सय २७ मत खसेको थियो । तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेको थिए