१७ मतले उछिन्दै वडाध्यक्षमा नेकपाकी शिवकला राई विजयी

१७ मतले उछिन्दै वडाध्यक्षमा नेकपाकी शिवकला राई विजयी

१५ मंसिर, खोटाङ ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भएकी छन् ।

तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मुत्युपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएकी हुन् ।

शनिबार राति सम्पन्न मत गणनाको परिणाम अनुसार खसेको सात सय ९८ मतमध्ये शिवकलाले तीन सय ९१ मत र सुक्रबहादुरले तीन सय ७४ पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले बताए ।

मुख्य निर्वाचन अधिकृत आचार्यका अनुसार समाजवादी पार्टी नेपालका उम्मेदवार रमेश राईले १५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत मात्र प्राप्त गरेका छन् ।

निर्वाचनमा १७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.