धनपालथानको वडाध्यक्षमा कांग्रेस विजयी

धनपालथानको वडाध्यक्षमा कांग्रेस विजयी

१५ मंसिर, मोरङ ।
मोरङको धनपालथान गाउँपालिका वडा २ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेसका नारायणप्रसाद साह १ हजार ७ सय १ मत ल्याएर विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका पंकजकुमार मण्डलले १ हजार ४ सय ९७ मत ल्याएको छ । साहलाई समाजवादी पार्टीलेसमेत समर्थन गरेको थियो ।

यसअघि उक्त वडामा तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष बलराम मण्डल भगतको सर्पले टोकेर मृत्यु भएको थियो । कूल ४ हजार ७८ मतदाता रहेकोमा ३ हजार २ सय ८४ खसेको मतमध्ये ३८ मत बद्दर भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.