जीवितै उद्धार गर्ने प्रयास गर्दागर्दै पाँचैजनाको ज्यान गयो

जीवितै उद्धार गर्ने प्रयास गर्दागर्दै पाँचैजनाको ज्यान गयो

१५ मंसिर, पोखरा ।
पोखरा–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएका पाँचैजनाको ज्यान गएको छ।

भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि ‘रिटेनिङ वाल’ लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको हो । पाँचैजनाको शव निकालिएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

ढिस्को खस्दाखस्दै दुईजना भाग्न सफल भएका थिए । पुरिएका पाँचजनालाई जीवितै उद्धार गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।

मृत भेदिएका पाँचैजना सल्यानको जिल्फाबाट कामका लागि उनीहरु त्यहाँ आएका थिए । ढिस्कोले पुरिएर ज्यान गुमाउनेमा खिमलाल वली, गणेश वली, जित बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी र तोभान बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.