द्वन्दकालमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गरिन्छः नेकपा अध्यक्ष दाहाल

द्वन्दकालमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गरिन्छः नेकपा अध्यक्ष दाहाल

१५ मंसिर, काठमाडौं । द्वन्दकालमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रतिवद्धता जनाएका छन् ।

तत्कालिन एकीकृत नेकपा माओवादी नेता बुद्धिमान पाख्रिनको स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको भन्दै जघन्य अपराधका दोषी कसैले पनि माफी नपाउने बताए ।

आफूविरुद्ध नै थुप्रै मुद्धा रहेको भन्दै अध्यक्ष दाहालले सत्य निरुपण र बेपत्ता आयोगले दोषी ठह¥याए आफू पनि कारबाहीको भागीदार बन्ने बताए ।

स्वर्गिय तामाङकी श्रीमती शान्ति तामाङले युद्धमा शहिद बनेकाहरुको अपमान हुने गरेको र अवसरवादीहरुले मात्र मौका पाउने गरेको गुनासो गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.