हुम्लाको खार्पुनाथ गाउँपालिमा नेकपा र काङ्ग्रेसबीच झडप, अहिलेसम्म मतगणना हुन सकेन

हुम्लाको खार्पुनाथ गाउँपालिमा नेकपा र काङ्ग्रेसबीच झडप, अहिलेसम्म मतगणना हुन सकेन

१५ मंसिर, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन । उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न भएको मतदान कार्यको आइतबार बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो ।

तीनवटै राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो । आज बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।

अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ । पालिकाको उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कडा प्रतिस्पर्धा देखिएको छ। खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ ।

यसैविच, खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच ढुङ्गामुढा भएको छ ।

शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुङ्गामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.