१५ मंसिर, धरान ।
धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ। दुई बजेसम्मको प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार तिलक राईले झिनो मतले अग्रता बनाएका छन्।
मतगणना अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म ६८५७ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ६४२३ मतप्राप्त गरेका छन्। अहिलेसम्म २०,१९ र १८ वडाको मतगणना सकिएको छ।