१३ औं सागमा कराँतेका मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

१३ औं सागमा कराँतेका मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

१६ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । मण्डेकाजीले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।

मण्डेकाजीले २५।७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४।९२ अंक पाएका थिए । यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै सागमा नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.