कांग्रेस कहाँ छ भन्नेलाई उपनिर्वाचनले जवाफ दियोः विश्वप्रकाश

कांग्रेस कहाँ छ भन्नेलाई उपनिर्वाचनले जवाफ दियोः विश्वप्रकाश

१६ मंसिर, काठमाडौँ ।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन् । मंसिर १४ गते भएको उपनिर्वाचनको अन्तिम परिणाम पछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताए ।

उनले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिंदा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताए । उनले सरकार निर्वाचनलाई भय रहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोप समेत लगाए ।

यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताए । प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए ।

उनले मतदाताले दुरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको समेत बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.