१६ मंसिर, काठमाडौँ ।
भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्दश्यले कार ¥याली हुने भएको छ । स्कल इन्टरनेशनलले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कार र्याली हुने बारे जानकारी दिएको हो । युरोपको स्पेनमा मुख्यालय रहेको स्कल इन्टरनेशनलले नेपालमा रहेको स्कल इन्टरनेशनल नेपाल शाखा सँग मिलेर कार ¥याली गर्न लागेको बताएको छ ।
डेस्टिनेसन अफ द यर २०२० नाम दिएर कार र्याली हुने स्कल इन्टरनेशनल नेपालले बताएको छ । कार ¥याली काठमाडौँबाट चितवन, चितवनबाट पोखरा सम्मको हुनेछ । ६ डिसेम्बरमा सुरु भएको कार ¥याली चितवन हुदै ८ डिसेम्बरमा पोखरा पुगेर सम्पन्न हुनेछ । र्यालीमा पर्यटन ब्यबसायी होटल ब्याबसायी साथै स्कल इन्टरनेशनलका बिदेशी प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ । कार ¥यालीको दौरान स्कल इन्टरनेशनलका प्रतिनिधिहरुले स्थानीय पर्यटन ब्यबसायीहरु सँग छलफल अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको छ ।