१६ मंसिर, झापा ।
झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट ठुलो परिमाणको सुपारी बरामद भएको छ ।
नेपालबाट भारत तर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा सोमबार बिहान राती साँढे १२ बजे जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरी लैजान तयारी गरिएको ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।
बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।