धनकुटामा भिरबाट लडेर १ जनाको मृत्यु

धनकुटामा भिरबाट लडेर १ जनाको मृत्यु

१७ मंसिर, धनकुटा ।

धनकुटाको महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ बस्ने ५२ बर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ ।

आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसो सम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा सोमवार दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेका थिए ।

घटनास्थलमा खटिएको प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.