गढीमाई मेलामा आजबाट बलि दिन सुरु, करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता

गढीमाई मेलामा आजबाट बलि दिन सुरु, करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता

१७ मंसिर, बारा । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा आज(मंगलबार)बाट बलि दिन सुरु गरिएको छ । आज बिहान पञ्चबलीको रुपमा मुसा, बोका, पाठी, परेवा र हाँसलाई बलि दिइएको छ ।

यो सँगै आज राँगाको बलि दिइँदै छ भने भोली बोका, पाठा, पाठी, हाँस, परेवा र कुकुराको बलि दिने गढीमाई बलि व्यवस्थापन समितिले जनाएको छ । गएराति १२ बजेदेखि तान्त्रिक विधिबाट गढीमाई मन्दिरको पुजारीहरुले पूजा सुरु गरेका थिए ।

पूजापाठ गर्दागर्दै आफैं बत्ती बलेपछि पूजा सफल भएको मन्दिरको पुजारी शिव चौधरीले बताए । पूजापाठ गर्दा बत्ति बलेपछि पहिले पाँच बर्ष भन्दा बढी उमेर भएको बोका र जंगलबाट ल्याइएको सेतो मुसा, बच्चा अवस्थामा भएको हाँसको अण्डा, बाख्रा र परेवालाई ब्रह्म स्थानमा नै पञ्चवली दिइएको थियो ।

पञ्चवली दिएपछि बलिको लागि ल्याइएको राँगाहरु मध्ये एउटा राँगाको बलि आफैंले दिएर पूजापाठ गरेपछि गढीमाईलाई राँगा बलि दिने कार्य शुरु भएको पूजारी चौधरीले जानकारी दिए ।

बलि गरिएका रांगाका मासुहरु बारा, पर्सा, रौतहटका बिभिन्न समुदायहरुले प्रसादीको रुपमा घर लैजाने प्रचलन रही आएको छ । मूल समारोह समितिका महासचिव मोतीलाल कुशुवाका अनुसार भक्तजनले भाकल गरेकामध्ये करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.