बागलुङ जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत

बागलुङ जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत

१७ मंसिर, काठमाडौं । बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका

५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।

यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते नवलपरासीको बर्दघाट नगरपालिका २ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ का ३८ वर्षका हिमाल कार्की र २४ बर्षका निमा केसीको ढोरपाटनमा रहेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेकोमा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए ।

गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.