१७ मंसिर, विराटनगर ।
विराटनगरमा बसेर यूट्युब चलाउने एक युवाले यूट्युबको सिल्भर प्ले बटन पाएका छन् । विगत दुई वर्षदेखि टेक्नो के.डी. युट्युब च्यानल चलाउँदै आएका २९ वर्षीय खुर्सीद बेगले यूट्युबको सिल्भर प्ले बटन पाएका हुन् ।
विराटनगर बसेर युट्युब च्यानल चलाएर सिल्भर प्ले बटन पाउने उनी पहिलो व्यक्ति हुन् । उनले युट्युब मार्फत कुनै एक बैंकरले भन्दा बढी मासिक आम्दानी गर्दै आएका छन । सो यूट्युब च्यानलको १ लाख ५६ हजार सस्क्राईबर छन् ।
यूट्युबमा अपलोड गरिएका मध्ये ३ वटा भिडियो नेपालको ट्रेन्डिङमा पर्न सफल भएको बेगले बताए ।