सात जिल्लाका लागि न्यायाधीश सिफारिस

सात जिल्लाका लागि न्यायाधीश सिफारिस

१७ मंसिर, काठमाडौँ ।

सात जिल्लाअदालतमा न्यायपरिषद्ले नयाँ न्यायाधीशसिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराजजोशी डोल्पामा, सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएका छन्।

उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन्। त्यस्तै सर्वोच्चकी उपरजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन्। बैठकले पाँचजना न्यायाधीशको सरूवा पनि गरेको छ।

भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवाभएका छन् । बैठकले सर्वोच्चअदालतको न्यायाधीशभने सिफारिस गर्न सकेन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.