साग महिला भलिबल : भारतसँग पराजित भएसँगै नेपाल रजतमै सिमित

साग महिला भलिबल : भारतसँग पराजित भएसँगै नेपाल रजतमै सिमित

१७ मंसिर, काठमाडौं ।
१३औं सागको महिला भलिबलमा स्वर्ण नेपाल जित्नबाट चुकेको छ । मंगलबार भएको निकै रोमाञ्चक खेलमा भारतसँग ३–२ को सेटमा पराजित भएसँगै एतिहासिक स्वर्ण पाउने अवसर गुमाएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट भारत २५–१७ ले जितेको थियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो ।

उसले २५–२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भयो । अन्तिम सेटमा नेपाल भारतसँग १५–६ ले पराजित भएको हो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.