१८ मंसिर, कास्की ।
१३ औं साग अन्तरगत महिला क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल ५० रनमै समेटिएको छ । पोखरामा जारी प्रतिस्पर्धामा १९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।
बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् । नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् ।
त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए । आफ्नो इनिङमा नेपालले ४ चौका प्रहार र्गयो भने छक्का प्रहार गर्न सकेन ।
नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।