प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी,बालुवाटारमै आराम गर्ने

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी,बालुवाटारमै आराम गर्ने

१८ मंसिर, काठमाडौं ।
९ दिनदेखि कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । सेन्टरका अनुसार एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।

अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो । तर, प्रम ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भनेर कर गरेपछि डिस्जार्ज गर्न लागिएको उपचारमा संग्लग्न एक चिकित्सकले बताए ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् । उनले भने, ‘बालुवाटारमै चिकित्सकको निगरानीमा राख्ने तयारी भएको छ, आज भरेसम्म या भोलि डिस्जार्ज गर्ने भन्ने छ तर, फाइनल भइसकेको छैन ।’ प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.