प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बारे निर्णय भएको छैन : प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बारे निर्णय भएको छैन : प्रवक्ता श्रेष्ठ

१८ मंसिर, काठमाडौँ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताए । मृगौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रकृया जारी रहेको र त्यसपछिको उपचार प्रकृया के हुने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार हुने उनले बताए ।

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो । उपचाररत प्रधानमन्त्री ओलीले आइसियुबाटै आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह समेत हेर्नुभएको थियो । सोमबार ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.