१८ मंसिर, काठमाडौं । मधेसी आयोगले लोक सेवा तयारी कक्षा चलाउने भएको छ ।
लोक सेवा आयोगको अधिकृतस्तरको परीक्षामा सामेल हुन योग्य मधेशी समुदायका व्यक्तिहरूलाई आयोगले तयारी कक्षामा सहभागी गराउन लागेको हो ।
आयोगले पुस १ गतेबाट तयारी कक्षा सुरू हुने पनि उल्लेख गरेको छ । बुधबार सूचना निकालेर आयोगले निस्शुल्क कक्षामा सहभागी हुन चाहने इच्छुकलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
नेपाली नागरिकताको प्रमाणपत्र, स्नातक तह उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र र मधेशी समुदाय हो भन्ने प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपीसहित आवेदन दिन आयोगले आग्रह गरेको हो ।