इन्जुरी टाइममा गोल खाएपछि नेपाल श्रीलंकासँग बराबरीमा रोकियो

इन्जुरी टाइममा गोल खाएपछि नेपाल श्रीलंकासँग बराबरीमा रोकियो

८ मंसिर, काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ । बुधबार काठमाडौँको दशरथ रंगशालामा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले इन्ज्युरी समयमा गोल गरेपछि नेपाल १–१ को बराबरीमा रोकिएको हो ।

नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जुड सुपानले फ्रिकिकमा गोल गरेपछि खेल बराबरीमा आएको थियो । कप्तान मोहमद फजलको फ्रिकिक पासमा सुपानले गोल गरेका थिए ।

३३ औँ मिनेटमा श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा नेपालका कप्तान सुजलले गोल गर्दै अग्रता दिलाए।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको सुरुमा पहिलो हाफमा जस्तो सम्हालिएको खेल देखाउन सकेन ।

राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको बराबरीसँगै ४ अंक भएको छ । भुटानको २ खेलमा ३ अंक छ । माल्दिभ्स र श्रीलंकाको २–२ अंक छ भने बंगलादेशको १ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.