नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण,नेपालको स्वर्णको संख्या ३० पुग्यो

नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण,नेपालको स्वर्णको संख्या ३० पुग्यो

१९ मंसिर, काठमाडौँ ।
१३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८।९१ अंक प्राप्त गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् ।

यो सँगै उनी उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् । यस स्पर्धामा बंगलादेशकी मोर्जीना अख्तरले रजत र श्रीलंकाकी सन्जु कमारीले कास्य जिते ।यो सँगै नेपालको स्वर्ण संख्या ३० पुगेको छ भने नेपालभन्दा अघि भारतको ३४ स्वर्ण रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.