विप्लव समूहका युवा संघ बाग्लुङका सचिव पक्राउ

विप्लव समूहका युवा संघ बाग्लुङका सचिव पक्राउ

१९ मंसिर, बाग्लुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बाग्लुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

सुनारको साथबाट विप्लव समूहका पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए । प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ सोनार गलकोट नगरपालिका-४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.