कर्मचारीको मनोबल खस्किन दिन्न: मन्त्री त्रिपाठी

कर्मचारीको मनोबल खस्किन दिन्न: मन्त्री त्रिपाठी

१९ मंसिर,  नवलपरासी ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा आज जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने, ‘तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्ण्द्दज्ञड

मन्त्री त्रिपाठीले निजामती सेवा विद्येयक सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए । मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जनतासँग प्रत्यक्ष जोडिएका विकासे कार्यालय जिल्ला बाहिर रहँदा केही अफ्ठ्यारो र ढिलासुस्ती हुने गरेको अवगत गराएका थिए । यस्तै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले आजै परासीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री त्रिपाठीले शासकीय मनोविज्ञानले भन्दा सेवाको मनोविज्ञानले काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।

स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शीतालाई कडाइका साथ पालना गर्न पनि मन्त्री त्रिपाठीले सचेत गराए । स्थानीय तहका प्रमुख÷उपप्रमुखले कर्मचारी अभावको समस्या छिटो समाधान गर्न तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जिससको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.