१३ औं सागमा एथलेटिक्स पुरुष पाँच हजार मिटर दौडमा नेपाललाई स्वर्ण

१३ औं सागमा एथलेटिक्स पुरुष पाँच हजार मिटर दौडमा नेपाललाई स्वर्ण

२० मंसिर, काठमाडौं । १३ औं साग अन्तर्गत आज भएको एथलेटिक्सतर्फ पुरुष पाँच हजार मिटर दौडमा नेपाल स्वर्ण पदक जित्न सफल भएको छ ।

नेपालका गोपीचन्द पार्कीले १४ मिनेट ५६ दशमलव २० सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

त्यसैगरी भारतका सुनिल द्वारले १४ मिनेट ५५ दशमलव २१ सेकेण्डमा निर्धारित दुरी पार गरेर रजत पदक हात पारे । नेपालकै हरि रिमालले १४ मिनेट ५७ दशमलव शून्य पाँच सेकेण्डमा निर्धारित दुरी पार गरेर कास्य पदक विजयी भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.