२० मंसिर, काठमाडौं ।
१३ औं साग अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।
गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा तामाङले स्वर्ण जितेका हुन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबाहदुर राईले कांस्य जिते ।