आतिसबाजी गरेर छाडिएको पटाका पड्किँदा बालक गम्भीर घाइते

आतिसबाजी गरेर छाडिएको पटाका पड्किँदा बालक गम्भीर घाइते

२१ मंसिर, धनुषा ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको कभर्ड हल नजिकै भएको पटाका बिष्फोट हुँदा एक बालक घाईते भएका छन्
जनकपुरधामस्थित कभर्ड हल नजिकै भएको पटाका बिष्फोटबाट जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत घाइते भएका हुन् । उनको दुवै हातका औंला चुँडिएका छन् ।

गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानतर्फ लगिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । कुस्ती प्रतियोगिताको उद्घाटन सत्रमा बाहिर पटाका पड्काएर आतिसबाजी गरिएको थियो । कणेलका अनुसार आतिसबाजीका क्रममा पड्किन बाँकी रहेको पटाका पड्काउने क्रममा ती बालक घाइते भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नै आतिसबाजीको नाममा शुक्रबार पटाकाहरु पड्काएको थियो । राखेपका कर्मचारीकै लापरबाहीका कारण पटाका छुटेको बताउँदै आतिसबाजीमा लापरबाही गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने कणेलले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.