‘प्रेमगीत ३’ मा बाल्यकालमा यस्ता देखिए ‘प्रेम’ र ‘गीत’

‘प्रेमगीत ३’ मा बाल्यकालमा यस्ता देखिए ‘प्रेम’ र ‘गीत’

२१ मंसिर, काठमाडौँ ।
चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला कीर्तिपुरमा निर्माण गरिएको सेटमा गरिने छायाङ्कनको समापन भएको छ । योसँगै चलचित्रमा मुख्य अभिनेता प्रदीप खड्काको र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बालापनको भूमिका निभाएका अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रको सार्वजनिक पोस्टरमा दुई कलाकारलाई फरक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरू पौराणिक कथाका काल्पनिक पात्र जस्तो देखिएका छन् ।डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा शिवले प्रदीप खड्का र नव–अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । लुक्स सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको काठमाडौँ छायाङ्कन सकिएको र अबको बाँकी छायाङ्कनको लागी टिम मनाङ तर्फ लाग्ने जानकारी गराएको छ ।

चलचित्रमा नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.