२२ मंसिर, विराटनगर ।
लायन्स/लियो क्लव अफ विराटनगर युनाईटेड र रंगेली नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा रंगेलीमा निः शुल्क आँखा शिविर गरिएको छ ।
रंगेली–२ मा रहेको प्रगतिशिल माविमा भएको आँखा शिविरमा रंगेली–१ र २ नम्बर वडाका गरी ३ सय जनाले आँखा जाँच गराएको लियो क्लव अफ विराटनगर युनाईटेडका क्षितीज गौतमले जानकारी दिए ।जाँच गरिएकामध्ये ६० जनामा मातियाविन्दु भेटिएको र उनीहरुको विराटनगर आँखा अस्पताल रानीमा निशुल्क शल्यक्रिया गरिने उनले जानकारी दिए ।
शिविरलाई विराटनगर आँखा अस्पतालले सम्पुर्ण प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लव अफ विराटनगर युनाईटेडका उपाध्यक्ष कल्पना रेग्मीको संयोजकत्वमा सञ्चालन भएको शिविरमा रंगेली–२ का वडाअध्यक्ष जितनारायण खबास, समाजसेवी दयासागर गौतम लगायत लायन्स र लियो क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।