विराटनगरमा ग्यास लिक भई आगलागी हुदाँ बृद्धको मृत्यु

विराटनगरमा ग्यास लिक भई आगलागी हुदाँ बृद्धको मृत्यु

२२ मंसिर, मोरङ। बिराटनगर महानगरपालिका २ शनिहाट चोक नजिकै सिलिण्डरबाट ग्यास लिक भई आगोलागी हुदा एक बृद्धको मृत्यु भएको छ ।

काठमाण्डौमा परिवारसहित बस्दै आएका अन्दाजी ७५ वर्षका जयप्रसाद दाहाल शनिबार बेलुकी बिराटनगर स्थित आफ्नै घरमा आएर बसेकोमा आज बिहान साढे ९ बजे सम्म पनि कोठाको ढोका नखोलेको र कोठाबाट धुँवा बाहिर आएको देखेर कोठा भाडामा बस्ने ब्यक्तिहरुले तत्काल प्रहरीमा खबर गरेका थिए ।

खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले दाहाललाई कोठा भित्र जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.