तीन तहका सरकारबीच समन्वय नहुँदा कृषि ओझेलमाः कृषि मन्त्री

तीन तहका सरकारबीच समन्वय नहुँदा कृषि ओझेलमाः कृषि मन्त्री

२२ मंसिर, काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले तीन वटै तहका सरकारबीच समन्वय हुन नसक्दा कृषिका योजनाहरु प्रभावित भएको बताएका छन् । सिंहदरबार स्थित मन्त्रालयमा आइतबार पत्रकारहरुसँग कुरागर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुँदा कृषिका योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताएका हुन् ।

त्यसका लागि प्रदेश सरकारका कृषि मन्त्रीहरुसँग आइतबार मन्त्रालयमा छलफल गरिरहेको समेत उनले बताए । उनले तीन वटै तहका सरकारबीच समन्वय स्थापित गर्न संयन्त्र बनाई काम गर्ने सम्भावना रहेको समेत बताए । कृषिको व्यवसायीक विकास बिना मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउँदै त्यसका लागि पनि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले बताए ।

यस्तै मन्त्री भुसालले आफु मन्त्रालयमा आएदेखि प्रशासनको कामलाई व्यवस्थित बनाउने, सेवालाई प्रभावकारी बनाउने तथा सुशासन स्थापित गरी कृषिका नयाँ नीतिहरुलाई अगाडी सार्ने विषयमा ध्यान दिएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.