बंगलादेशलाई पराजित गर्दै नेपाल साग फुटबलको फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल साग फुटबलको फाइनलमा

२२ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आईतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशमाथि १–० को जित दर्ता गर्दै नेपालले स्वर्ण भिडन्त तय गरेको हो ।

खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो ।

। २६औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार गोलरक्षक अनिसुर रहमानले बचाउदा नेपाल अग्रता दोब्बर पार्न बाट चुकेको थियो । ३०औं मिनेटमा नेपालका गोलरक्षक विकेश कुथुले कर्नरबाट आएको बललाई पञ्च गरेर बचाइदिए ।

दोस्रो हाफमा घरेलु टोली नेपाललाई दवावमा राखेपनि नेपालले शुरुमै लिएको अग्रता जोगाइराख्न सफल भयो । ५७औं मिनेटमा सुनिल बलको बक्स बाहिरको प्रहार डिफेन्डरलाई लाग्दै दोस्रो बारबाट थोरै बाहिरिदा नेपालले अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६१औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । रियादल हसनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६५औं मिनेटमा सुनिल बलको क्रसमा कप्तान सुजलको हेडर पोस्टबाट थोरै बाहिरियो । ७०औं मिनेटमा गोलरक्षक अनिसुर रहमनले नियन्त्रणमा लिन नसकेको बललाई अभिषेक रिजालले खाली पोस्टमा गोल गर्न सकेन । उनको प्रहार आकासिएको थियो ।

नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २–२ अंकसाथ पुछारमा रहे ।

साग फुटबलको साविक विजेता समेत रहेको नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.