एजेन्सी, मंसिर २३
चलचित्र ‘लाल सिंह चड्ढा’ मा बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ । टोपी, लामो दारी र कपालसहितको उनको यस स्वरूप निर्माणाधीन चलचित्र ‘लाल सिंह चड्ढा’मा देखिनेछ ।
केही साता अघि मात्र आमिरले फिल्म ’लाल सिंह चड्ढा’को सेटबाटै पहिलो लुक्स सेयर गरेका थिए । सार्वजनिक तस्बिरमा उनी फरक फरक लुक्समा देखिएका छन् । ‘लाल सिंह चड्ढा’ हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो ।
यसमा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन भन्ने देखाइएको छ । ‘फरेस्ट गम्प’का प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखा पर्ने छन् ।









