तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा, कुन देशको कति ?

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा, कुन देशको कति ?

२३ मंसिर, काठमाडौँ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका:

देश         स्वर्ण कास्य रजत      जम्मा
भारत      १३१  ७७        ४०       २४८
नेपाल      ४५  ४४        ७५        १६४
श्रीलङ्का    ३४  ६६        ९३        १९३
पाकिस्तान २८  ३४       ४३         १०५
बङ्गलादेश  ८  २८        ६६         १०२
माल्दिभ्स    १    ०            २           ३
भूटान        ०     ०          ९            ९

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.